Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना विरुद्धको खोप १ लाख ५८ हजारभन्दा बढीले लगाए


  • बिहिबार, माघ २२ २०७७

  • कोरोना विरुद्धको खोप  १ लाख ५८ हजारभन्दा बढीले लगाए

    काठमाडौं – बिहीबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

    प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

    माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबारसम्म चल्ने भन्दै मन्त्रालयले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल अयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचयपत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन समेत सूचित गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij