काठमाडौं – नेकपा माधव – प्रचण्ड समूहले गरेको आम हड्तालले काठमाडौं उपत्यका सहित देशभर जनजीवन प्रभावित भएको छ । करिव सय भन्दा वढी नेता कार्यकर्ता पक्राउ परेका छन । केहि सवारी साधनमाथी लोडफोड र आगजनी गरिएको छ । बन्द सफल पार्न अध्यक्ष पुष्पकमल दाहाल सहितका शिर्ष नेता सडकमा निस्किएका छन । अध्यक्ष प्रचण्डले फागुनको पहिलो साता देखी नेपाली कांग्रेस र जनता समाजवादी संग मिलेर संयुक्त आन्दोलन गरिन बताए । त्यहि आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य हुने प्रचण्डले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
