काठमाडौं – नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ ।
एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । भारतले १० लाख डोज दिएको कोरोनाविरुद्धको सिरम इन्सिच्यूट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड नामक खोप विकास गरेको हो ।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
