काठमाडौ – आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाईदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ती जारी गर्दै आजको दिनले सबै नेपालीलाई एकताको शुत्रमा बाँध्ने विश्वास व्यक्त गरेकी छिन ।
वि.सं. १७७९ पौष २७ गते जन्मिनुभएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको जग बसालेको तथ्य हामी सबैमा विदितै छ। विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको थियो,’ – राष्ट्रपति भण्डारीद्वारा जारी विज्ञातीमा भनिएको छ ।
आज देशभर पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरिदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
