Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री धनगढीमा


  • शुक्रबार, पुष २४ २०७७

  • प्रधानमन्त्री धनगढीमा

    धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली बिहान धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट उनी धनगढी आइपुगेका हुन्।
    धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
    ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

    प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्। यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड– नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij