Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन पेश गरे


  • बिहिबार, पुष २३ २०७७

  • प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन पेश गरे

    काठमाडौ – सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् ।
    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६र०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

    राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेश गरेका छन् । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij