Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभा विघटनविरुद्धको सबै मुद्दा प्रधानन्यायाधीशको एकल इजलासमा


  • बुधबार, पुष ८ २०७७

  • प्रतिनिधिसभा विघटनविरुद्धको सबै मुद्दा प्रधानन्यायाधीशको  एकल इजलासमा

    काठमाडौं– ससद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बुधबारका लागि तय भएको छ । राष्ट्रपति कार्यालयसमेत विपक्ष बनाएर दायर भएका रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सुनुवाइ गर्ने भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी १२ वटा निवेदनहरु एकसाथ पेस भएका छन् ।

    संसद विघटन ‘असंवैधानिक’ भएको दाबी सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij