काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादमा नयाँ मोड आउने संकेत देखिएको छ । एकअर्का प्रति कडा आलोचना गर्दै आएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल विच पछिल्ला दिनमा छलफल बाक्लिएको छ । शुक्रवार सम्म वालुवाटार धाइरहेका प्रचण्डले शनिवार भने ओली आफ्नै निवास खुमलटारमा छलफल गरिरहेका छन । ओली प्रचण्ड निवासमा जानुलाई निकै अर्थपूर्ण ढंगवाट हेरिएको छ । कतिपयले यसलाई ओली लचक बन्ने संकेतको रुपमा लिएका छन ।
यसै विच ओली र प्रचण्ड विच छलफल चलिरहदा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई खुमलटार बोलाइएको छ । गौतम समेत छलफलमा सहभागी भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
