काठमाडौँ – नेपाल कम्प्रनिष्ट पार्टी को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेला कोटेश्वरको पेरिसडाँडामा सुरु भएको छ । भेलामा प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र प्रदेश १ वाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको सहभागीता छ ।
भेलालाई दाहाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीमा विवाद उत्कर्षमा पुगेको वेला विभिन्न तहको भेलाहरु तिव्र भएका छन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरेपछि विवाद झनै पेचिलो बनेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
