काठमाडौँ – प्रधानमन्त्री वेपी शर्मा ओलीले साँझ ६ वजे मन्त्रीपरिषद बैठक बोलाएका छन । बैठकले हिजो जारी सम्बैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता लिने बताइएको छ । अध्यादेश को चर्को विरोध भएपछि सरकार पछि हटेको हो । सत्तारुढ दल नेकपा भित्रै वाट अध्यादेशको विरोध गर्दै संसदको विशेष अधिवेशन बोलाउन हस्ताक्षर संकलन भए पछि सरकारले अध्यादेश फिर्ता लिने सक्षमति जनाएको थियो । उक्त अध्यादेशलाई विस्थापन गर्न अर्को अध्यादेश जारी गर्नु पर्ने व्यवस्था छ । अध्यादेशलाई लिएर राष्ट्रपतिको समेत आलोचना भइरहेको छ । सम्बैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुन लागेको यो दोस्रो पटक हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
