Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली विरुद्ध स्थायी समितिमा दुई तिहाई सदस्यको मोर्चावन्दी


  • आइतबार, मंसिर २१ २०७७

  • ओली विरुद्ध स्थायी समितिमा दुई तिहाई सदस्यको मोर्चावन्दी

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक आज एक वजे पार्टी कार्यालय धुम्वाराहीमा बस्ने भएको भएको छ । प्रधानमन्त्री समेत अध्यक्ष केपी शर्मा ओलीको अनिच्क्षाको विच आज स्थायी समिति बैठक बस्न लागेको हो । बैठकमा ओली उपस्थीत हुने वा नहुने निश्चित छैन । बहुमतले वल प्रयोग गरेको भन्दै उनी आक्रोशित छन । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट नहट्ने बताएका ओलीको अवको कदम के हुन्छ भन्ने उत्सुकता सबै तिर छ ।
    स्थायी समितिमा ओली कमजोर
    स्थायी समितिमा ओली थप कमजोर छन । ओलीको पक्षमा करिव एक दर्जन स्थायी समिति सदस्य छन । इश्वर पोखरेल, विष्णु पौडेल, पृथी सुब्बा गुरुड, सुवास नेम्वाङ, विष्णु रियाल, रघुविर महासेठ लगाएतका सदस्य ओलीको पक्षमा खुलेर लागेका छन । यत अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा करिव ३० जना सदस्य रहेको बताइन्छ । केहि सदस्यहरू मध्यमार्गी समेत देखिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij