काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको विवाद अव स्थायी समितिमा पुगेको छ । आजको सचिवालय बैठकले विवाद समाधान गर्न नसके पछि विवादको विषय स्थायी समितिको बैठकमा लैजाने निर्णय भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छापूर्वक विवाद स्थायी समितिमा लैजाने निर्णय भएको हो ।
आजको बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने प्रष्ट शब्दमा वताए पछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले विवाद स्थायी समिति बैठकमा निर्णय मात्र गरिएन आइतबारै वैठक समेत तय गरियो । आफ्नो सर्मथन नभए पनि ओली पक्षले ‘नोट अफ डिसेन्ट’ भने लेखेनन ।
सचिवालयमा जस्तै स्थायी समिति बैठकमा पनि प्रचण्ड पक्षवै बहुमत छ । अव स्थायी समितिको अग्नी परिक्षा सुरु भएको नेकपा सम्बद्ध नेताहरुको भनाई छ । स्थायी समितिले समाधान दिन सकेन भने विवाद केन्द्रीय समिति बैठकमा पुग्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
