Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ रक्षामन्त्री वेइ फेङ्ही काठमाडौं आउँदै


  • आइतबार, मंसिर १४ २०७७

  • चिनियाँ रक्षामन्त्री  वेइ फेङ्ही काठमाडौं आउँदै

    काठमाडौ- आज चिनियाँ रक्षामन्त्री वेइ फेङ्ही नेपाल आउँदैछन् ।
    केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।
    चिनियाँ रक्षामन्त्री फेङ्ही चार्टर्ड विमानबाट काठमाडौं आउन लागेका हुन् । उनी बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । विमानस्थलबाट उनी सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जानेछन् ।

    सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् । जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

    राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij