Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने न्यौपाने पक्राउ


  • बुधबार, मंसिर १० २०७७

  • अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने  न्यौपाने पक्राउ

    काठमाडौं– नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्।
    तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो।
    रामेछाप मन्थली नगरपालिका– ८ का न्यौपाने काठमाडौं– ४ चण्डोल बसोबास गर्दै आएका थिए। उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

    उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ । २ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।

    यो घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij