Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय विदेश सचिव दुई दिने भ्रमणका लागि ११ गते काठमाडौं आउने


  • सोमबार, मंसिर ८ २०७७

  • भारतीय विदेश सचिव दुई दिने भ्रमणका लागि  ११ गते काठमाडौं आउने

    काठमाडौं– भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि ११ गते काठमाडौं आउने भएका छन्। भारतीय विदेश मन्त्रालयले सोमबार श्रींगलाको भ्रमणबारे औपचारिक जानकारी दिएको छ।

    यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो। लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि उनी काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन्। भारतले उनको भ्रमणलाई उच्च स्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको बताएको छ।

    भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने छन्। श्रींगला १२ गते नयाँ दिल्ली फर्किने छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij