Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मल्टी डाइनामिकको एडिलेड शाखा बिस्तार


  • बुधबार, कार्तिक ५ २०७७

  • मल्टी डाइनामिकको एडिलेड शाखा बिस्तार

    नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ । फरक र अलग ब्यवशायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सीड्नीको मल्टी डाइनामिक रियल स्टेटले देखाएको छ । मिन्टो क्षेत्रवाट प्रारम्भ भएको मल्टी डाइनामिक रियलस्टेटले केहि बर्षमै अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ । मल्टीले साउथ अस्ट्रेलियाको एडिलेडमा आफ्नो नया शाखाको मंगलबार बिस्तार गरेको छ । साउथ अस्ट्रेलियन सरकारका पुर्व सभामुख रसेल वाट्लेले एक समारोह बिच मल्टी डाइनामिक एडिलेडको उदघाटन गरेका छन । उनले नेपाली समुदाय बढ्दैजाँंदा रियलस्टेटमा पनि नेपालीहरुको प्रवेश महत्वपुर्ण अवसरका रुपमा रहेको जिकिर गरे ।

    यसअघि मल्टी डाइनामिकले मेलवर्न र क्यानबेरामा शाखा बिस्तार भैसकेका छन । यस्तै निकट भबिष्यमा पनि ब्रिसबेनमा मल्टीको नया शाखा खोल्ने पक्का भएको र त्यसको तयारी भैसकेको मल्टी डाइनामिकका एक निर्देशक बिष्णुप्रभात सापकोटाले बताए ।
    अष्ट्रेलियाको मुख्य शहरहरुमा लामो समय देखि सेवा दिदै आएको रियल स्टेटले सेवाग्रहिहरुलाइ घर खरिद बिक्री तथा भाडामा लिने दिने काममा सहयोग गर्ने कम्पनीका साउथ अष्ट्रेलिया क्षेत्रिय कार्यालयका निर्देशक सुजन अधिकारीले जानकारी दिए । अधिकारीले नेपाली लगायत सबै समुदायका व्यक्तिहरुलाई सेवा पुर्याउने आफ्नो उद्देश्य रहेको उनले बताए । उदघाटन कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, कम्पनीका मुख्य कार्यालयका निर्देशकहरु विजय पौडेल, विष्णुप्रभात सापकोटा र मेघराज पौडेल , ब्रिसबेनका युवा अभियन्ता स्वतन्त्रप्रताप शाह, गोकुल घिमिरे , दिपक विष्ट लगायत एडिलेडका व्यवसायी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij