काठमाडौं – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको बुधबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।
उनी सोही दिन दिउँसो १ बजे कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी रुपन्देहीमा बुधबार साँझ नै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का सदस्य सवोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ४७ वर्षीय तुलाचनको रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
