काठमाडौं– बुढानिलकण्ठ नगरपालिका ६ वडामा रहेको च्यासिन्डोल युवा क्लवले यहि असोज २४ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । कोरोना भाइरसको कारण उपचारमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै क्लवले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको क्लवका अध्यक्ष विकास खत्रीले जानकारी दिए । पूर्ण स्पमा सुरक्षा मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना हुने क्लवले जनाएको छ ।
रक्तदान कार्यक्रममै वडाबाट एसइइ उत्र्तिण विद्यार्थीलाई सम्मान पनि गरिने क्लवले जनाएको छ । क्लवले गर्न लागेको कार्यक्रममा वडा नम्बर ६ को सहयोग रहेको छ ।
क्लवको भवनमा रक्तदान तथा सम्मान कार्यक्रम हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
