Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बलात्कारपछि मिलापत्र गराउने ६ जना पक्राउ


  • मंगलबार, असोज २० २०७७

  • बलात्कारपछि मिलापत्र गराउने ६ जना पक्राउ

    काठमाडौं– बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटनालाई गाँउमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
    प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन्।

    उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए। घटना बाहिरिन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए।
    मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर समेत गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो।

    त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए।
    अहिले उनी प्रहरी हिरासतमा छन्। सम्झना बिकमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij