Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु


  • मंगलबार, असोज २० २०७७

  • बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

    बिराटनगर – नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।

    कलेजका अनुसार कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड क्यान्सरको समस्या थियो ।

    सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

    छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij