Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबारको मौसम


  • आइतबार, असोज १८ २०७७

  • आइतबारको मौसम

    काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आइबार वंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ ।
    महाशाखाका अनुसार हाल देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पूर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको छ ।
    यसैगरी, आइतबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

    भने, प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ ।

    साथै, प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij