Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता


  • शुक्रबार, असोज १६ २०७७

  • प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता

    काठमाडौं– प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
    प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

    यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।

    विपक्षी दलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानीका विषयमा विपक्षी सांसदहरु पनि विभाजित थिए । प्रदेश सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव अनुसार दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने रहेको छ ।
    राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij