Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढीले विद्युत प्राधिकरण गाडी बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव भेटियो


  • शुक्रबार, असोज ९ २०७७

  • बाढीले विद्युत प्राधिकरण गाडी  बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव भेटियो

    कपिलवस्तु- कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव तीन दिनपछि भेटिएको छ । बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौड्यले बताए ।

    बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो । सोही क्रममा आज दिउँसो भेटिएको हो ।

    पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको हो । बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीप सहित ६ जनालाई बगाएको थियो । जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । चालक गुल्मीका माधव पाण्डेयको सोही दिन बुधवार र अर्को स्थानीय अर्घाखाचीको शीतगंगा नगरपालिका केशव भाटको शव हिजो फेला परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij