Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्याङजामा एउटै घरमा १० जना पुरिए , दुईको मृत्यु, पाल्पमा दुई घर बगायो, पाँच वेपत्ता


  • बिहिबार, असोज ८ २०७७

  • स्याङजामा एउटै घरमा १० जना पुरिए , दुईको मृत्यु, पाल्पमा दुई घर बगायो, पाँच वेपत्ता

    काठमाडौ – कहि दिन यता परेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । निरन्तरको झरिले पहिरो गई केहिको ज्यान समेत गएको छ । विभिन्न राजमार्ग तथा सहायक मार्गमा पहिरो गएर वाटो अवरुद्ध भएको छ । नातायणघाट मुग्लिन सडक बेलाबेलामा अवरुद्ध भइरहेको छ । नारायणी नदीमा पानीको सतह उच्च छ ।

    स्याङ्जाको  वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका छन । ती मध्य दुई जनाको मृत्यु भएको छ भने ८ वेपत्ता छन ।पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जना बेपत्ता भएका छन्। राजधानी काठमाडौ उपत्यकामा पनि भारी वर्षा भएको छ । पछिल्लो २० घण्टामा काठमाडौंमा ६०.५ मिलिमिटर वर्षा भएको छ । यस वर्षको मनसुन केहि लम्बिने मौसमविदहरुको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij