Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा गुडिरहेको जिपमा पहिरो खस्दा एकजनाको मृत्यु


  • बुधबार, असोज ७ २०७७

  • मकवानपुरमा गुडिरहेको जिपमा पहिरो खस्दा एकजनाको मृत्यु

    हेटौंडा -मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको जिपलाई पहिरोले पुरेको छ ।
    काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ । उनकोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
    प्रहरीका अनुसार भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरिएको छ । पहिरोले मोटरसाइकल पुरिँदा त्यसमा सवार दुबै जना सामन्य घाइते भएका छन् । उनीहरुको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij