Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बझाङमा एक्साभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते


  • सोमबार, असोज ५ २०७७

  • बझाङमा एक्साभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

    बझाङ- बझाङमा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको एक्साभेटर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।

    प्रहरीका अनुसार ५ जना सवार एक्साभेटर दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु भएको हो। घाइते हुनेमा सोही वडाका २७ वर्षीय रामबहादुर बोहरा, ५० वर्षका प्रताप धामी र चालक वडा नम्वर ९ का २४ वर्षीय महेश खडायत छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ।

    एक्साभेटरमा रहेका एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij