Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्य बीमा बोर्ड सदस्यमा २ जना मनोनित


  • बुधबार, भाद्र ३१ २०७७

  • स्वास्थ्य बीमा बोर्ड सदस्यमा २ जना मनोनित

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा डा. सुरेश तिवारी र चन्द्र थापालाई ४ वर्षका लागि मनोनित गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई विज्ञको रुपमा र थापालाई बीमितको तर्फबाट मनोनित गरेका हुन् ।

    मनोनित भए लगत्तै दुबै जनालाई बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पद तथा गोपनियताको शपथ खुवाएका थिए । त्यसअघि बोर्ड अध्यक्ष डा. उप्रेतीले स्वास्थ्य मन्त्री ढकालसँग शपथ लिएका थिए ।

    स्वास्थ्य बीमा ऐन २०७४ अनुसार मन्त्रालयले सम्बन्धित क्षेत्रमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तीमा दुई जना महिलासहित तीन जना र बीमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने प्रावधान छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij