Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु


  • बुधबार, भाद्र ३१ २०७७

  • अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु

    धादिङ – अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।

    रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij