काठमाडौ – रातिदेखि आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा गएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पहिरोमा परि करिव १५ जना वेपत्ता छन । जिल्लाको भीरखर्कबाट सुरु भएको पहिरोले डाँडागाउँ र नागपुजेमा क्षति पुर्याएको छ । १० भन्दा बढी घर बगाएको छ । भीरखर्कको अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।

तस्वीर : श्रीधर न्यौपानेको फेसबुकबाट
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
