काठमाडौं – शनिबार थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ८५२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
