Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ८८४ जनामा कोरोना संक्रमण


  • शनिबार, भाद्र १३ २०७७

  • थप ८८४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।
    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा पीसीआर १० हजार ९७१ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij