Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण


  • बुधबार, भाद्र ३ २०७७

  • उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण

    काठमाडौं – बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।
    यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij