Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिदी पहिरोमा बेपत्ता मध्ये थप तीन जनाको शव फेला, मृतक संख्या २२ पुग्यो


  • सोमबार, भाद्र १ २०७७

  • लिदी पहिरोमा बेपत्ता मध्ये थप तीन जनाको शव फेला, मृतक संख्या २२ पुग्यो

    सिन्धुपाल्चोक — सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् ।
    बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

    अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।

    बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र, नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
    गत साता खसेको पहिरोले उक्त गाउँका एक सय घरधुरीमध्ये ३७ वटामा आंशिक र १७ वटामा पूर्ण क्षति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij