Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो


  • सोमबार, साउन २६ २०७७

  • कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

    काठमाडौं – कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज निधन भएको हो ।
    यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij