सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बजारमा गएराति गएको पहिरोमा परेर मृत्यु भएका आठ जनाको शव निकालिएको छ।
मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।
मेलम्ची नगरपालिका– ११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार पहिरोबाट आठ जनाको शव सोमबार बिहान निकालिएको हो।
घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ।
मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएका वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको वडाध्यक्ष दुलालले जानकारी दिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
