वीरगन्ज– वीरगन्ज महानगरपालिकाभित्र जारी रहेको निषेधज्ञा सोमबारबाट जिल्लाभर लागू हुने भएको छ । जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी पूरा जिल्लामा निषेधज्ञा गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले गत साउन १० गते वीरगन्जमा मात्र लागु हुनेगरी निषेधज्ञा जारी गरेको थियो।
भोलिबाट निषेधज्ञा अवधिभर औंषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ।
स्वास्थ्य, खानेपानी, दुध, फोहोरमैला, औषधी पसल जस्ता अत्यावश्यक सेवा भने सञ्चालन गर्न पाइने छन्।
यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
