Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शनिबारदेखि विराटनगरमा फेरि लकडाउन


  • शुक्रबार, साउन १६ २०७७

  • शनिबारदेखि विराटनगरमा फेरि लकडाउन

    काठमाडौं– कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको भन्दै विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन घोषणा गरिएको छ।
    विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएपछि लकडाउन गर्नुपरेको जानकारी दिए।
    उनले भने –अहिले विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा गइसक्यो भन्ने हो, त्यसकारण भोलिदेखि लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने भनिएको हो।
    अब भोलिदेखि विराटनगरमा अत्यावश्यक सेवाबाहेक सबै कुरा बन्द हुनेछन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij