काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यापारबारे अध्ययनका लागि एक समिति गठन गरेको छ ।
समितिले समितिका सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ । समितिमा पाण्डेसहित प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्ण कुमार श्रेष्ठ सदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।
सरकारले नेटवर्किङ व्यापारका लागि स्विकृति दिन थालेपछि समितिमा उजुरी परेको थियो । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्रालयका सचिव लगायतलाई समितिले यसबारे छलफलका लागि बोलाएको थियो ।
छलफलका क्रममा अधिकांश सांसदले नेटवर्किङ व्यवसाय बन्द गर्न माग गरेपछि समिति गठन गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
