Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिन बुदेँ माग ३ हप्तामा पुरा नगरे डा. गोविन्द केसी अनशन बस्ने


  • आइतबार, साउन ११ २०७७

  • तिन बुदेँ माग ३ हप्तामा पुरा नगरे डा. गोविन्द केसी  अनशन बस्ने

    काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ३ वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्रि सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिएका हुन् ।
    जुम्लामा रहेका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij