Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँमा १० सहित थप १३३ जनामा कोरोना संक्रमण


  • शुक्रबार, साउन ९ २०७७

  • काठमाडौँमा १०  सहित थप १३३ जनामा कोरोना संक्रमण

    काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन्

    योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् ।

    पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij