काठमाडौँ — शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जनाए ।मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
