Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इन्सपेक्टर रुद्र शाहीलाई हिरासतमा राख्न अदालतले दियो अनुमति


  • शुक्रबार, असार १२ २०७७

  • इन्सपेक्टर रुद्र शाहीलाई हिरासतमा राख्न  अदालतले दियो अनुमति

    काठमाडौँ – लागूऔषध कारोबारीसँग सम्पर्क देखिएको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक रुद्र शाहीलाई थप ७ दिन हिरासतमा राखेर प्रहरीलाई अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका इन्सपेक्टर शाहीलाई जिल्ला अदालत, काठमाडौँले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।
    बिहीबार इन्सपेक्टर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले ललितपुर परिसरबाटै पक्राउ गरेको थियो ।

    इन्सपेक्टर शाहीसँगै उदयपुरका एलिसन बस्नेत, बर्दियाका सन्तोषकुमार शाह, काठमाडौंका भुपेश शेरचन र अभियान थपलियासमेत पक्राउ परेका छन् । उनीहरुको साथबाट लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।
    अन्य आरोपितविरुद्ध भने १० दिन म्याद थप भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij