काठमाडौ – मनसुन सक्रिय भएसंगै शुक्रवार देशका विभिन्न ठाँउमा भारी वर्षा र चटर्याङ पर्ने मौसम पुर्वानुमान महासाखाले जनाएको छ । भारी वर्षा र चटर्याङ प्रदेश एक, प्रदेश दुई र वागमति प्रदेशमा पर्ने सम्भावना बढी छ । मुलुकका अन्य भ – भागमा पनि वर्षा र वदली हुने महासाखाले जनाएको छ । शुक्रवार र शनिवारको मौसम विवरण यस्तो छ :
असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
