Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री एमसीसी अघि बढाउने मनस्थितिमा, कांग्रेससंग छलफल


  • बिहिबार, असार ४ २०७७

  • प्रधानमन्त्री एमसीसी अघि बढाउने मनस्थितिमा, कांग्रेससंग छलफल

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम सहयोग एमसीसी अघि बढाउने संकेत गरेका छन । आज राष्ट्रिय सभामा एमसीसीका आलोचक प्रति आक्रामक ढंगवाट प्रस्तुत भएका प्रधानमन्त्री ओलीले साँच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर वहाइर देउवा सहितका नेताहरू संग छलफल गरेका छन ।
    कांग्रेस टोलीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र डा रामशरण महत सहभागी छन । पार्टीबाट सहयोग नपाएका प्रधानमन्त्री ओली एमसीसी अघि बढाउने मनस्थितिमा पुगेको देखिन्छ । ओलीका राजनितिक सल्लाहकार विष्णु रिमालले केहि दिन अघि पार्टीद्वारा पूर्व प्रधानमन्त्री एवं पार्टी नेता झलनाथ खनाल नेतृत्वको समितिको प्रतिवेदन वाध्यकारी नभएको बताएका थिए ।

    समितिले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने बहुमतको निर्णय पार्टीलाई बुझाएको छ । एमसीसी विवादले नेकपाको सचिवालय र स्थायी समिति बैठक बस्न सकेको छैन । कांग्रेस संगको भेटमा नागरिकताको विध्येकका वारेमा समेत छलफल हुने बताइएको छ । कांग्रेस एमसीसीको पक्षमा उभिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij