Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारलाई कांग्रेसको १० वुँधे ज्ञापन


  • मंगलबार, असार २ २०७७

  • सरकारलाई कांग्रेसको १० वुँधे ज्ञापन

    काठमाडौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो भएको र सरकार गम्भिर नभएको भन्दै कांग्रेसल स्वदेश भित्र प्रमुख जिल्ला अधिकारी र विदेशमा दुतावास मार्फत ज्ञापन बुझाएको छ । कांग्रेसले सरकारलाई बुझाएको ज्ञापन यस प्रकार छ :

    कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध आज स्वदेश र विदेशका १२० स्थानमा विशेष ज्ञापनपत्र बुझाउने महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ । प्रतिकुल परिस्थितिमा पनि उत्साहपूर्वक सम्पन्न कार्यक्रमहरु मार्फत नेपाली कांग्रेसले कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रह सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको छ ।

    सामाजिक दुरि कायम गर्दै, विशेष ज्ञापन पत्र निम्नानुसार बुझाइयो ।
    १, संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
    २, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
    ३, नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
    ४, विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।

    कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र मार्फत निम्न माग सरकार समक्ष राखिएको छ ।
    १, आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाइनु पर्ने ।
    २, स्वास्थ सामग्रीको अपर्याप्त स्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गरिनुपर्ने ।
    ३, क्वारेन्टाइनमा मृत्यु देखि बलात्कार सम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनु पर्ने ।
    ४, श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका ब्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने ।
    ५, बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार क्रममा निर्धारित अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्ने ।
    ६, स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही र यस बीचमा भएको भनिएको दस अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ।
    ७, लक डाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली बिद्यार्थी मानसिक तनाव ब्यहोरिरहेका छन् । गम्भीर राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथासिघ्र निर्माण गरिनुपर्ने ।
    ८, खेतिको मौसम मध्यनजर गरेर कृषि उत्पादनका सम्बन्धमा वातावरण, मल, बिउ देखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने ।
    ९, लक डाउनका कारण साना–ठुला ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गरिनुपर्ने ।
    १०, औधोगिक उत्पादनमा सरिक श्रमिक देखि श्रमजीवी पत्रकार सम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई विविध ढंगले राहत योजना ल्याइनुपर्ने ।

    संघ, प्रदेश, जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुले यी सुझाव र मागहरू संगै अन्य आवश्यक सुझाव र माग समेटेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको छ ।

    सरकारलाई संकट सामना गर्न नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij