काठमाडौ – कोभिड – १९ को असर भन्दै पत्रकारलाई निश्काशन गर्ने , तलव कटौति गर्ने र राजिनामा गर्न वाध्य बनाउने संचारमाध्यम विरुद्ध नेपाल पत्रकार महासंघले ससक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
आज वसेको महासंघ बैठकले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकाल्दै संचार प्रतिष्ठान हरुलाई एक हप्ते समय सिमा तोकेर आन्दोलनको चेतावनी दिएको हो ।
पत्रकारहरूको महासंघमा उजुरी बढ्न थाले पछि आन्दोलनको तयारी थालिएको हो । पछिल्ला दिनमा कान्तिपुर, राजधानी, नागरिक, अन्नपूर्ण पोष्ट, उज्यालो नेटवर्क लगाएतका सञ्चार माध्यममा वढी समस्या देखिएको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
