Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमसीसीले नेकपामा फेरी विवाद


  • शनिबार, जेष्ठ १७ २०७७

  • एमसीसीले नेकपामा फेरी विवाद

    काठमाडौ – अमेरेकी सहयोग एमसीसीको विषयलाई लिएर सत्तारुढ नेकपा मा फेरि विवाद चर्किएको छ । आज वसेको सचिवालयको अनौपचारिक बैठकले एमसीसी संसदबाट अनुमोदन नभए सम्प सबै काय रोक्ने निर्देशन सरकारलाई दिएको छ ।

    सरकारले हालै प्रस्तुत गरेको बजेटमा एपसीसी परे पछि सत्तारुढ भित्र एमसीसीकावारेमा आशंका बढेको छ l अनौपचारिक रुपमा आज वसेको बैठकमा पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाय खनाल, वामदेव गौतम सहितका नेताले वजेटमा एमसीसी उल्लेख गरिएकोबारे प्रश्न गरेका थिए ।

    अव एमसीसी संसदबाट पारित भए लागू हुने नभए लागु नहुने भएको छ । एमसीसी प्रकरणले नेकपा भित्र फेरी विवाद चर्किने देखिन्छ । आजको बैठकमा समेत नेताहरू विच चर्काचर्की परेको छ । उपाध्यक्ष वामदेव गौतमले एमसीसी वजेटमा परेको वारे बैठकमा आक्रोश व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij