काठमाडौ – कोरोनाका कारण अर्का एक व्यक्तिको निधन भएको छ । ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ ।
ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको हो । उनी ५६ वर्षका थिए । उनी कलेजो सम्बन्धी रोगको उपचार गराइरहेका थिए । मृत्यु वारे सरकारले आधिकारीक पुष्टी गर्न बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
