Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रि- मनसुन सुरु, मेघगर्जन सहित वर्षा हुने ( आगामी १६ गते सम्मको मौसम विवरण सहित)


  • बुधबार, जेष्ठ १४ २०७७

  • प्रि- मनसुन सुरु, मेघगर्जन सहित वर्षा हुने ( आगामी १६ गते सम्मको मौसम विवरण सहित)

    काठमाडौं – नेपालमा प्रिमनसुन सुरु भएको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । अवको तीन दिन मेघ गर्जनसहित वर्षा हुने महासाखाले जनाएको छ । तीन दिनको मौसम विवरण यस्तो छ :

    जेठ १४ गते (बुधबार)

    दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    रातीः देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    जेठ १५ गते (बिहिबार)

    दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    जेठ १६ गते (शुक्रबार)

    दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    रातीः देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

    पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij