Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार पौडेललाई धम्की दिनेलाई कारबाहीको माग


  • बुधबार, बैशाख ३ २०७७

  • पत्रकार पौडेललाई धम्की दिनेलाई कारबाहीको माग

    नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहान बनाएर ९ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पत्रकार पौडेलले महासंघमा जानकारी गराउनु भएको हो ।

    प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने महासंघको ठम्याई छ । महासंघले घटनामा संलग्न महर्जनसहितका व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गरेको छ ।
    यसैविच नेपाल प्रेस युनियनले पनि पौडेललाई धम्की दिएकोमा विरोध जनाएको छ । महासचिव अजयबाबु सिवाकोटीले विज्ञप्ती जारी गरी दोषीमाथी कारवाही माग गरेका हुन । पौडेल युनियनका केन्द्रीय सदस्य समेत हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij